प्रस, जलेश्वर, २० वैशाख/
गत बुधवार वैशाख १५ गते कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएपछि मलामी गएका ३१ जना सङ्क्रमित भएका छन्।
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँँमा ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको स्थानीयवासीले बताए।
गत बुधवार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकोमा उनको मलामीमा सहभागी ३१ जनामा कोरोना सङ्क्रमण देखिएको हो। मलामी गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।