प्रस, लहान, २० वैशाख/

                सिराहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत एकजना चिकित्सक कोरोना सङ्क्रमित भएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएकोे बताइएको छ।

                सङ्क्रमित चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई नपा–९ का अध्यक्ष प्रकाश योञ्जनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here