प्रस, जलेश्वर, २० वैशाख/

                जलेश्वर नगरपालिकामा गएराति दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भारतमा आफ्ना नातेदारकहाँ बिहेमा सहभागी भएका जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीया  महिलाको गएराति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताइन्छ।

                त्यस्तै, जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ। यसअघि महोत्तरीका विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here