शारीरिकरूपमा कमजोर हुनुहुन्छ भने ल्याड्ढो सेवन गर्न सकिन्छ। सही समयमा ल्वाङ खाने तरीकाबाट हामीले थुप्रै फाइदा पाउँछौं। स्वास्थ्य विज्ञका अनुसार ल्वाङले पाचन एन्जाइमको स्राव बढाउँछ। अपच जस्ता पाचनसम्बन्धी विकारलाई रोक्छ। ल्वाङ फाइबरले भरिपूर्ण हुन्छ, जसले पाचन स्वास्थ्यलाई राम्रो गर्छ। यसको अलावा मधुमेहका रोगीले पनि ल्वाङ सेवन गर्नुपर्छ।

यदि तपाईंलाई रुघाखोकी छ भने ल्वाड्ढो सेवन गर्नुपर्छ किनभने यसमा ३० प्रतिशत फाइबर हुन्छ। यसै विशेषताको कारण जाडोमा ल्वाङले हामीलाई रोग लाग्न दिंदैन। ल्वाङमा भिटामिन बी १, बी २, बी ४, बी ६, बी ९  र भिटामिन सी तथा बिटा कैरोटिन जस्ता तत्व हुन्छन्। यसको अलावा भिटामिन के, प्रोटिन, कार्बोहाइडे«टजस्ता तत्व पनि यसमा पाइन्छ।

ल्वाड्ढो नियमित सेवनबाट पुरुषमा यौनसम्बन्धी समस्या हुँदैन। जुन पुरुषलाई यौनसम्बन्धी समस्या छ, उसले ल्वाङ अवश्य सेवन गर्नुपर्छ। किनभने ल्वाङमा क्याल्सियम, आयरन, मैग्निसियम, फास्फोरस, पोटासियम, सोडियम र जिङ्क जस्ता खनिज पाइन्छन्। यी सबै स्वास्थ्यको लागि जरुरी तत्व हो।

एक शोध अनुसार बिहान तीनवटा ल्वाङ खाली पेट सेवन गर्नुपर्छ। यसले यौन जीवनमा सुधार ल्याउँछ। ल्वाड्ढो सेवन गर्नाले स्पर्म काउन्ट बढाउँछ तर ल्वाङ बढी मात्रामा सेवन गर्नुहुँदैन नत्र पुरुषको हार्मोन टेस्टोस्टेरोनमा गडबडी हुन सक्छ। राति सुत्ने बेला तीनवटा ल्वाङ मनतातो पानीसँग सेवन गर्दा पेटसम्बन्धी धेरै रोग निको हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here