प्रस, वीरगंज, १९ वैशाख/
जिल्ला प्रहरी कार्यालय बाराले दुईजना फरार अपराधीलाई पक्राउ गरी अदालतको आदेशमा कारागार चलान गरेको छ ।

बारा प्रहरीका प्रवक्ता प्रनाउ गौतम मिश्रले लागूऔषध गा“जा मुद्दामा बारा जिल्ला अदालतबाट २०७४/५/५ मा एक वर्ष कैद र दश हजार रुपैया“ जरिवाना भएपछि फरार कलैया उपमहानगरपालिका–५ निवासी मनीषा गिरी र चोरी मुद्दामा डेढ महीना कैद र १२ हजार रुपैया“ जरिवाना भएपछि फरार कलैया उपमहानगरपालिका–१ निवासी बृजकिशोर पटेललाई निजहरूको घरबाट पक्राउ गरी अदालतमा हाजिर गराएको र अदालतको आदेशबमोजिम कैद भुक्तानको लागि बन्दी सुधारगृह वीरगंज चलान गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here