प्रस, वीरगंज, १९ वैशाख/
जिल्ला प्रहरी कार्यालय पर्साले करीब तीन किलो चरेससहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले वडा नं ५ निचुटास्थित लक्ष्मी राउत कुर्मीको घरमा छापामारी गर्दा २ किलो ९ सय ग्राम चरेस बरामद भएको जनाएको छ ।
छापामारीको क्रममा चरेस बरामद भएपछि कुर्मीलाई पक्राउ गरिएको जिप्रका पर्साले जानकारी गराएको छ ।
पक्राउ परेका कुर्मीलाई आजै पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरी पा“च दिनको थुना आदेश गराइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।