प्रस, वीरगंज, १८ वैशाख/
नारायणी अस्पताल र नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा शनिवार दुईजना सङ्क्रमितको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले नारायणी अस्पतालमा वीरगंज महानगरपालिका–८ निवासी ७० वर्षीया महिलाको मृत्यु भएको बताए। सङ्क्रमित महिलाको पिसिआर रिपोर्ट वैशाख १६ गते पोजिटिभ आएको र उनलाई अस्पतालमा भर्ना गरिएकोमा शनिवार दिउँसो १२ बजे मृत्यु भएको बताए।
यसअघि नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा वीरगंज महानगरपालिका–७ निवासी ६० वर्षीय पुरुषको शनिवार बिहान ६ बजे मृत्यु भएको उनले बताए। वैशाख १५ गते पिसिआर रिपोर्ट पोजिटिभ आएपछि ती पुरुषलाई नेशनल मेडिकल कलेजको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।