काठमाडौं, १८ वैशाख/रासस

      पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो। यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।

      मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन्। पछिल्ला २४ घण्टामा दुर्ई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमति भएका छन्। काठमाडौंमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

      यस्तै, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन्।  यस्तै, ४०१ जना आइसियूमा उपचाररत छन् भने ११० जना भेन्टिलेटरमा रहेका छन्। आइसियू शøयाको कुल सङ्ख्या एक हजार २०३ रहेको छ भने ५०८ वटा भेन्टिलेटर छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here