१५ गते प्रतीकमा श्रीमन्नरायणको लेख ‘व्यर्थको मुठभेड’ पढें। उनको बेकारको राजनीतिक मुठभेडको अन्त्य हुनुपर्छ भन्ने भनाइमा मेरो समर्थन छ। तर उनको हँसिया ओलीतिर तानिएकोमा आपत्ति छ। उनी भन्छन्– नयाँ वैकल्पिक सरकार अस्तित्वमा ल्याउने काम होस् अथवा निर्वाचनको मिति तोक्ने प्रधानमञ्त्री ओलीलाई सर्वदलीय जनादेश प्रदान गरियोस्। उनको यो अपील ठीक त्यस्तै लाग्यो जसरी कसैले यो भन्छ कि कि सीमानाका वन्द गरियोस् वा निर्वाध कोरोना आउन दिइयोस्। ओली कोरोना हुन्। जनतालाई यस कोरोनाकालमा निर्वाचनमा होम्नु महामूढता हो। ओलीलाई जनादेश दिइयो भने देशको स्थिति त्यस्तै हुनेछ जसरी आज कोरोनाको कारण मान्छेलाई भएको छ। उनको निर्वाध समर्थनले जनताको भलो हुँदैन, न भारतकै। यो कुरा त्यस बेला थाहा लाग्नेछ जुन बेला भारतले ओलीमाथि राखेको हात झिक्नेछ। गणतन्त्र र सङ्घीयताको रक्षक जनता न हिजो उनका साथ थियो, न आज छ। जसपाका जोजो नेताले साढेको पछाडिको लटकनमा आस लगाएका छन् उनीहरूले नसोचेको लोप्पा खानेछन्। रह्यो प्रचण्ड र काङ्ग्रेसको कुरा। काङ्ग्रेसमा त केवल विपीको धडकन बाँकी छ, ब्रेन डेथ भइसकेको छ। प्रचण्ड त्यो बिग्रेको बादशाह हुन् जसले बादशाहत पाए तर जोगाउन सकेनन्। फल त भोग्नैपर्छ सबैले। प्रचण्ड पनि भोगिरहेका छन्, देउवा पनि भोगिरहेका छन्।
डा.शिवशङ्कर यादव, छपकैया, वीरगंज