प्रस, परवानीपुर, १५ वैशाख/
बाराको परवानीपुरमा आयोजित त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्डकप पूmटबल प्रतियोगिताको उपाधि वाग्मती युवा क्लब सर्लाहीले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा वीरगंज युथ एकेडेमीलाई १–० गोलअन्तरले हराउँदै सर्लाहीले उपाधि जितेको हो । सर्लाहीका लागि सागर शाहीले दोस्रो मध्यान्तरको १० मिनेट खेल बाँकी छँदै गरेको एक गोल नै निर्णायक साबित भएको थियो । उपाधिसँगै वाग्मती युवा क्लब सर्लाहीले नगद १ लाख पुरस्कार हात पा¥यो भने उपविजेता वीरगंज युथ एकेडेमीले नगद ५० हजार पायो ।
शक्ति युवा क्लब परवानीपुर र परवानीपुर युथ क्लबले संयुक्तरूपमा आयोजना गरेको प्रतियोगितामा ८ वटा टीमले भाग लिएका थिए ।
विजेता तथा उपविजेतालाई परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह र वीरगंज महानगर–२१ का अध्यक्ष हबिब मियाँले पुरस्कार वितरण गरेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी गराए ।
प्रतियोगिताको फाइनल खेलका म्यान अफ दि म्याच वाग्मतीको सागर शाही, प्रतियोगिताका उत्कृष्ट खेलाडी वाग्मती युवा क्लबकै उज्ज्वल भण्डारी, बेस्ट स्ट्राइकर वाग्मतीका सिमल घिसिङ, बेस्ट मिडफिल्डर वाग्मतीका कृष्ण लामा, बेस्ट डिफेन्डर वीरगंज युथ एकेडेमीका अजय चौधरी, बेस्ट गोलकीपर वाग्मतीका अरुण बोलन घोषित भए । म्यान अफ दि म्याचले ५ हजार, म्यान अफ दि सिरिजले १० हजार र बाँकी व्यक्तिगत विधातर्पm जनही ३/३ हजार नगदसहित पुरस्कार दिइएको थियो ।