प्रस, वीरगंज, १५ वैशाख/
वीरगंजमा कोरोना सङ्क्रमितको लागि निश्शुल्क एम्बुलेन्स तथा शववाहनको व्यवस्था गरिएको छ।

बुधवार सांसद प्रदीप यादव र नगरप्रमुख विजयकुमार सरावगीले निश्शुल्क एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गरेका थिए।

सांसद यादवको संसदीय विकास कोषबाट रु ४६ लाखमा महानगरपालिकाले खरीद गरेको एम्बुलेन्स र शववाहनले सङ्क्रमितहरूलाई निश्शुल्क सेवा दिने प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले बताए।

कोरोना सङ्क्रमणको पहिलो लहरका बेला एम्बुलेन्स र शववाहनको अभाव भएपछि सोलाई मध्जनजर गरी एम्बुलेन्स र शववाहन खरीद गरिएको सांसद यादवले बताए।

नगरप्रमुख सरावगीले बुधवारदेखि एम्बुलेन्स र शववाहन सेवा कोरोना सङ्क्रमितका लागि निश्शुल्क गरिएको बताए।
उनले होम आइसोलेशनमा रहेका सङ्क्रमितको घरमा स्वास्थ्यकर्मी पुग्ने र आवश्यक औषधि पनि निश्शुल्क उपलब्ध गराइने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here