प्रस, रौतहट, १५ वैशाख/
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रवार ४० शøयाको आइसोलेशन र शनिवार १२५ शøयाको आइसोलेशन तयार हुने बताएका छन्।
बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा आयोजित कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि अवलम्बन गरिएका नीति तथा स्थानीयस्तरमा गर्दै आएका कार्यसम्पादन सम्बन्धमा जानकारी एवं सल्लाह सुझाव कार्यक्रममा प्रजिअले उक्त कुरा बताए। उनले चन्द्रपुरमा ४०, धरहरीमा एक सय र गौर अस्पतालमा २५ शøयाको आइसोलेशन तयार हुने बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले मास्क नलगाउनेलाई रु १ सय जरिवाना गरी एउटा मास्क दिई लगाउन आग्रह गर्दै ६४१ जनालाई जरिवाना गरिएको बताए।
रुपैयाँ नभएका ७२१ जनालाई दुई घण्टा रोकी मास्क लगाउन आग्रह गर्दै गन्तव्यतिर पठाएको उनले बताए। सीमानाकामा हेल्प डेस्क स्थापना भएको बताउँदै उनले भारतबाट आउनेलाई चेकजाँच गरी पठाउने गरेको बताए।
सञ्चारकर्मीहरूले सोधेका प्रश्नमा मास्क लगाउन अनिवार्य रहेकाले बस, टेम्पु, मोटरसाइकल र पैदल यात्रीले मास्क नलगाए जरिवाना हुने उनले बताए। यातायात सवारीमा सिटभन्दा बढी यात्री बोक्नेलाई कारबाही हुने प्रउ शाहले बताए।
कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा कृष्ण साहले जनशक्तिको अभाव रहेकोले आइसोलेशन, आइसियू सञ्चालन गर्न अप्ठ्यारो रहेको बताए। जनशक्ति तथा आवश्यक उपकरण खरीदका लागि प्रदेश सरकारलाई पत्र पठाएको उनले बताए। रौतहट जिल्लामा ९२ जना सङ्क्रमित रहेका छन् भने एकजनाको मृत्यु भएको उनले बताए।