प्रस, वीरगंज, १४ वैशाख/
वीरगंज महानगरपालिकाले लायन्स क्लब इन्टरनेशनलको साझेदारीमा वीरगंजमा मङ्गलवारदेखि निश्शुल्क आक्सिजन बैंकको स्थापना गरेको छ।

वीरगंज महानगरपालिकाले नगरवासीको लागि निश्शुल्क आक्सिजन वितरण गर्न लागेको नगरप्रमुख विजयकुमार सरावगीले बताए। कोभिड सङ्क्रमित भई होम आइसोलेशनमा उपचार गराइरहेका नागरिकको जीवनरक्षाका लागि आवश्यक पर्ने औषधि, आक्सिजन र त्यसमा लाग्ने किटसमेत निश्शुल्क वितरण गरिने लायन्स क्लब अफ इन्टरनेशनलका पूर्वनिर्देशक सञ्जय खेतानले बताए।

वीरगंज महानगरपालिका कार्यालयमा स्थापना गरिएको आक्सिजन बैंकबाट वीरगंजका अस्पतालमा भर्ना भएका कोभिड बिरामीहरूका लागि आक्सिजनको व्यवस्था गरिएको उनले बताए।

होम आइसोलेशनमा उपचार गराइरहेका बिरामीहरूको स्वास्थ्य अवस्था जानकारी लिन हरेक वडा कार्यालयमार्फत पारामेडिकलसहितको स्वास्थ्यकर्मी परिचालन गरिएको नगरप्रमुख सरावगीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here