प्रस, परवानीपुर, १२ वैशाख/
परवानीपुरमा जारी त्रिशक्ति सिमेन्ट प्रथम गोल्डकप अन्तर्गत आइतवार भएको दोस्रो खेलमा वीरगंज युनाइटेड विजयी भएको छ।

जनकपुर युवा क्लब धुनषालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै वीरगंज युनाइटेड विजयी भएको हो। अपराह्न ४ बजेदेखि शुरू भएको डेढ घण्टाको खेलमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको म्यान अफ दि म्याच वीरगंज युनाइटेडका मिडफिल्डर आशिष चौधरी घोषित भएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए।

सोमवारको खेल बेङ्गखाडी युवा क्लब महोत्तरी र हेटौंडा फूटबल एकेडेमीबीच हुने आयोजकले जनाएको छ। चैत १८ गतेसम्म चल्ने खेलमा ८ वटा टीमको सहभागिता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here