प्रस, वीरगंज, १२ वैशाख/
पोखरिया नगरपालिका क्षेत्रभित्र अनधिकृतरूपमा पसलहरू सञ्चालन गर्ने क्रम बढेको छ।
सार्वजनिक जग्गा, सडक, फूटपाथ अतिक्रमण गरेर जथाभावी पसल सञ्चालन भएपनि नगरपालिकाले सोविरुद्ध अभियान सञ्चालन गर्न सकेको छैन।

पोखरियाको मुख्य बजारदेखि अन्य टोलसम्मको बाटो फराकिलो पारिएको भएपनि अतिक्रमणको कारण अहिले सवारीसाधन सञ्चालनमा समस्या भएको छ। हाटबजार पिठियाकरको नगरपालिकाले ठेक्का लगाएपछि पोखरिया नपाको अवस्था झनै भद्रगोल भएको छ। कर उठाउन ठेकेदारले जथाभावी पसलहरू सञ्चालनविरुद्ध नपाको ध्यानाकर्षण गराउन सकेको छैन।

ठेला, पसलहरू सार्वजनिक जग्गा, फूटपाथ, सडकमा सञ्चालन हुँदै आएका कारण एम्बुलेन्स सञ्चालनमा पनि समस्या भइरहेको छ। स्वास्थ्यकर्मीहरूले अस्पतालको अगाडि समेत अनधिकृत पसल सञ्चालन गरेर एम्बुलेन्स सञ्चालन गर्नसमेत समस्या भइरहेको गुनासो गरेका छन्। पोखरिया नपामा भइरहेको यस प्रकारका कार्यविरुद्ध स्थानीयले नपाको ध्यानाकर्षण गराए पनि यसविरुद्धको काम अहिलेसम्म नभएको उनीहरूले आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here