सुग्रीव साह, भिस्वा, १२ वैशाख/
कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती भारतीय बजारमा कडाइ गरिएको छ।
भिस्वासँग जोडिएको सिकटामा यसअघि साँझ ६ देखि बिहान ५ बजेसम्म कफ्र्यू लगाइएकोमा अहिले साताको ३ दिन मात्र पसल खोल्न पाइने नियम बनाइएको छ।

अत्यावश्यक वस्तु, खाद्यान्न, किराना, दूध, औषधिपसल नियमितरूपमा सञ्चालन गर्न पाइने तर त्यसबाहेकका पसलहरू साताको तीन दिन मात्र सञ्चालन हुने बताइएको छ।
रक्सौलमा पनि अत्यावश्यक पसलबाहेक अन्य पसलहरू साताको चार दिन मात्र खोल्न सूचना जारी गरिएको छ।
रक्सौलमा यसअघि सङ्क्रमित बढेपछि साँझ ६ बजेदेखि सबैखाले पसल बन्द गराइँदै आइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here