प्रस, वीरगंज, ११ वैशाख/
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरिएको छ।
जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा सम्पन्न सर्वदलीय बैठकबाट संयन्त्र निर्माण गरिएको हो।

मुख्यमन्त्री लालबाबू राउत गद्दीले बोलाएको सर्वदलीय बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा सर्वदलीय संयन्त्र गठन गरिएको हो। संयन्त्रमा एमाले संसदीय दलका नेता शुत्रघ्न महतो, नेकाका संसदीय दलका नेता रामसरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह, जसपाका सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रामाशिष यादव छन्।

बैठकले २५ जनाभन्दा बढी सहभागी हुने सांस्कृतिक, धार्मिक र राजनीतिक गतिविधिहरू स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्ने निर्णय गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here