प्रस, बिरुवागुठी, ११ वैशाख/
पर्सागढी नगरपालिकामा १८४ जनाले दोस्रो चरणको कोरोनाको खोप लिएका छन्।
नगरपालिका अन्तर्गत हरपुर स्वास्थ चौकी र बागेश्वरी स्वास्थ्य केन्द्र चैनपुरबाट १८४ जनाले खोप लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद पञ्जियारले बताए।
पहिलो चरणमा प्राथमिकतामा परेर खोप लिएका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सफाइकर्मीलगायतले खोप लिएका प्रमुख पञ्जियारले बताए।
पर्सागढीमा पहिलो चरणको खोप १९४ जनाले लिएका थिए।