प्रस, परवानीपुर, १० वैशाख/
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंजले चालू आवको ९ महीनामा २२५ वटा व्यापारिक फर्म खारेज गरेको छ।

जसमा २१९ वटा प्राइवेट फर्म र ६ वटा साझेदारी प्राइवेट फर्म छन्। कार्यालयका निमित्त प्रमुख जीतबहादुर भण्डारीका अनुसार फर्मको प्रोप्राइटरको निवेदनको आधारमा २२५ वटा फर्म खारेज गरिएको हो। उनका अनुसार व्यापारमा घाटा लाग्नु, पसल चल्न नसक्नु तथा साझेदारबाट धोका पाउनु, कर र ऋण तिर्न नसक्नुलगायत कारणले गर्दा प्रोप्राइटरहरूले फर्म खारेज अर्थात् बन्द गर्न निवेदन दिएपछि आफूहरूले त्यस्ता फर्महरू बन्द गरेको उनले जानकारी गराए।

यसैगरी, गत आव २०७६/०७७ को १२ महीनामा जम्मा २११ वटा व्यापारिक फर्म खारेज भएका थिए। जसमा २०३ वटा प्राइवेट फर्म र ८ वटा साझेदारी प्राइवेट फर्म रहेका छन्। गत आवमा २०३ वटा प्राइवेट फर्म खारेज गर्दा ११ लाख ३१ हजार ३८० र ८ वटा साझेदारी फर्म खारेज गर्दा रु ३७ हजार ३७५ गरी कुल रु ११ लाख ९८ हजार ७ सय राजस्व सङ्कलन भएको थियो भने चालू आवको ९ महीनामा २२५ वटा फर्म खारेजबापत रु २३ लाख ४६ हजार २६५ राजस्व सङ्कलन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here