प्रस, वीरगंज, ९ वैशाख/
नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले बुधवार र बिहीवार राति गरी १६६ जना कोरोना सङ्क्रमित पुष्टि गरेको छ।
दुई दिनमा ३३० जनाको स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा १६६ जना सङ्क्रमित देखिएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए। बुधवार राति सङ्क्रमित पुष्टि हुनेमा उच्च अदालत वीरगंज इजलासका दुईजना न्यायाधीश र १२ जना कर्मचारी रहेका छन्।
सङ्क्रमितमध्ये २४ जना महिला र ६४ जना पुरुष छन्। उनीहरू पर्साका ७९, बाराका ७ तथा रौतहट र रूकुमका १/१ जना रहेको अस्पतालका प्रवक्ता डा दासले बताए। पर्साका ७९ जना सङ्क्रमितमध्ये ७६ जना वीरगंज महानगरपालिकाका विभिन्न वडाका र तीनजना बहुदरमाई नगरपालिकाका छन्। उनीहरूको उमेर ४ देखि ७८ वर्षसम्म रहेको र सिटी भ्यालु १४ देखि ३४ सम्म रहेको प्रवक्ता डा दासले बताए।
यसैगरी, बिहीवार राति पर्साका ५७, बाराका १८, सर्लाहीका २ र धनुषाका १ गरी ७८ जना सङ्क्रमित पुष्टि भएका छन्। सङ्क्रमितहरूमा २६ जना महिला र ३ देखि ७० वर्ष उमेरका सङ्क्रमित छन्।