प्रस, पंचगावाँ, ६ चैत/
प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पर्सा र बाराका दुई स्थानमा कृषि उपज भण्डार केन्द्रको शिलान्यास गरेका छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लि.को साझेदारी र वीरगंज महानगर–१९ उदयपुर घुर्मीस्थित साना किसान कृषि सहकारी लि.को सहकार्यमा निर्माण हुन गइरहेको कृषि उपज भण्डारको शिलान्यास गर्दै मन्त्री साहले किसानको उत्पादनलाई स्थानीयस्तरमा उत्पादन गर्ने अभिप्रायले कृषि उपज भण्डारको स्थापना गर्न लागेको बताए। उनले प्रदेश २ सरकारले आफ्नो प्रदेशमा कृषिको सम्भावना प्रचुर देखेर निजी तथा सहकारी र सरकारी माध्यमबाट समृद्ध प्रदेश बनाउन कृषि र कृषकको विकासको लागि कृषि उपज भण्डार केन्द्र, सङ्कलन केन्द्र, कृषि यन्त्र प्रवद्र्धनका लागि भन्सार सुविधा, कृषि सडक, सोलार पम्प, कृषि विद्युतीकरण, प्राङ्गारिक तथा जैविक कारखाना, कृषि उद्योग तथा पशुपालन र दुग्धजन्य जस्ता विभिन्न कार्यक्रम अगाडि सारेको बताए। उनले प्रदेशको आठवटै जिल्लामा कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाबाट कृषि उपज भण्डार केन्द्रको लागि लागत सहभागितामा भवन निर्माण गर्ने योजनाअनुरूप शिलान्यास गरिएको बताए।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करीमा बेगम, राजेश्वर साह, जसपाका रामनरेश यादव, तबरेज अहमद, जिल्ला सहकारी पर्साका अध्यक्ष शिवकुमार साह, कृषि ज्ञान केन्द्र पर्साका संयोजक मुनीलाल रौनियार, भेटेरिनरीका शरतराम मौर्य, वागवानी अधिकृत श्यामकिशोर कुर्मी, साना किसान कृषि सहकारी लि. उदयपुर घुर्मीका अध्यक्ष्F ह्दयनारायण कुर्मीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here