प्रस, महोत्तरी, ५ वैशाख/
मुलुककै जेठो मानिएको श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा विगत चार वर्षदेखि निरन्तररूपमा रुद्राभिषेक (महादेवको विशेष पूजा) हु“दै आएको कुरा विद्यालयले सार्वजनिक गरेको छ । विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले बितेको चार वर्षदेखि एक दिन पनि नबिराइ हरेक दिन रुद्राभिषेक भइरहेको सञ्चारकर्मीहरूलाई बताएका हुन् ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ७ स्थित संस्कृत विद्यालय नेपाली इतिहासका धरोहर बालगुरु षडानन्दले अध्ययन गरेको विद्यालय हो । सो विद्यालयमा हाल पनि १५५ जना बटुक अध्ययनरत छन् । बटुकहरूले एक दिन पनि नबिराइ विगत चार वर्षदेखि दैनिकरूपमा रुद्राभिषेक गर्दै आइरहेका छन् ।

हिन्दू धर्म परम्परा तथा विधि अनुसार रुद्राभिषेक खर्चिलो कार्य हो । सामान्य मानिसले एक दिन रुद्राभिषेक गर्दा सामान जोरजामलगायत कार्य सम्पन्न गर्न न्यूनतम एक लाख रुपैया“ खर्च लाग्ने गुरु पुरोहितहरू बताउ“छन् । उक्त विद्यालयमा बटुकहरूले भिक्षा मागेर पाएको सिदा, दक्षिणाबाट नै रुद्राभिषेकलाई निरन्तरता दिइएको प्रधानाध्यापक पौडेलले बताए । विद्यालयलले हिन्दू धर्म संस्कृतिको रक्षा, प्रकृति शान्ति एवं मुलुकलगायत विश्व कल्याणको कामना गर्दै रुद्राभिषेक गर्दै आइरहेको उनले बताए । आफूले छुट्टै रुद्राभिषेक गर्न नसक्ने वा बटुक भएकै स्थलमा आएर रुद्राभिषेक गर्न चाहने सर्वसाधारण भक्तजन र रुद्राभिषेकमा व्रत मात्रै बस्न चाहनेहरूको लागि पनि विद्यालयको ढोका खुला गरिएको उनले घोषणा गरेका छन् ।

यस विद्यालयमा मुलुकका विकट तथा दुर्गम हिमाली एवं पहाडी जिल्लादेखि तराई–मधेसको समथर भूभागमा बसोबास गर्ने विभिन्न जातजातिका १५५ जना बटुकले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । यहा“ अध्ययन गर्नका लागि पनि जातजातिको बन्देज छैन । कर्म र शिक्षाले पण्डित बन्न सकिने उक्त विद्यँलयको मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here