प्रस, वीरगंज, ५ वैशाख/
विभेदका कारण पछि परेका महिलाहरूलाई मूलधारमा नल्याएसम्म प्रदेशमा विकास सम्भव नहुने मुख्यमन्त्री लालबाबू राउत गद्दीले बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभरि आइतवारदेखि शुरू गरेको छोरीहरूको लागि निश्शुल्क लोकसेवा तयारी कक्षाको वीरगंजस्थित महावीरप्रसाद रघुवीरराम प्राविधिक नमूना माविबाट शुभारम्भ गर्दै मुख्यमन्त्री गद्दीले छोरीलाई शिक्षित नबनाएसम्म समाजको विकास नहुने बताए ।
उनले प्रदेश सरकार शुरूदेखि नै समाज रूपान्तरणका लागि अन्याय, विभेद तथा हिंसामा परेका महिलालाई विभिन्न अवसर प्रदान गरी मूलधारमा ल्याउने कार्य गरिरहेको दाबी गरे । प्रदेशका छोरीहरूको निजामती प्रशासनमा आकर्षण बढाउनका लागि निश्शुल्क लोकसेवा तयारी कक्षा कार्यक्रम प्रदेशभरि आजदेखी शुरू गरिएको उनले बताए ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत छोरी बीमा, साइकल वितरणस“गै चालू आर्थिक वर्षमा ल्यापटपसमेत वितरण गर्ने योजना रहेको मुख्यमन्त्री गद्दीले बताए । अन्य प्रदेशका तुलना प्रदेश २ का महिलाहरू जातीय, वर्गीय विभेदका कारण पछि परेको उनले बताए । उनले प्रदेश २ मा निजामती ऐन संशोधन गरेर ५० प्रतिशत महिलालाई आरक्षण दिएको बताए । उनले चा“डै प्रदेश सरकारले लोकसेवा अन्तर्गत भर्ना लिने तयारीमा रहेकोले निश्शुल्क कक्ष्ाँ सञ्चालनमा ल्याएको र निश्चितरूपमा छोरीहरू सहभागी भई प्रहरी तथा निजामती सेवामा भर्ना हुने विश्वास व्यक्त गरेका थिए ।
बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा कक्षा सञ्चालन भइरहेको कार्यक्रमका अध्यक्ष मुख्यसचिव गोकर्णमणि दवाडीले बताए । प्रत्येक जिल्लाबाट ४० जना छोरीलाई छनोट गरी कक्षामा सहभागी गराइएको उनले जानकारी गराए ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, भीमा यादव, नगरप्रमुख विजयकुमार सरावगी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, मन्त्रिपरिषद्का सचिव यमप्रसाद भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।