प्रस, ठोरी, ५ वैशाख/
पर्सा, मकवानपुर, चितवन र नवलपरासी जिल्लाको क्षेत्रसम्म पैmलिएको चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षको नौ महीनामा ३० वटा गैंडा मरेका छन् । ३० मध्ये २६ वटा प्राकृतिक कारणले र चारवटा चोरी शिकारीले मारेको राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष बित्न अझै तीन महीना बा“की छ । यस अवधिमा बितेको आवभन्दा चालू आवमा धेरै गैंडा मरेको निकुञ्जको तथ्याड्ढले देखाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यही वैशाख १ गते पनि एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो ।

निकुञ्जले गैंडा मर्नुको कारण पत्ता लगाउन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ । हालसम्म अनुसन्धानको क्रममा २६ वटा प्राकृतिक कारणले र चारवटा चोरी शिकारीले मारेको खुलेको सूचना अधिकारी अधिकारीले बताए । प्राकृतिक कारणले मरेका गैंडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघको आक्रमणमा परेरलगायतका कारणले मरेका हुन् । निकुञ्जको एउटै क्षेत्रमा गैंडाको सङ्ख्या धेरै हु“दा पनि गैंडाको मृत्युदर वृद्धि भएको देखिएको छ । अनुसन्धान प्रतिवेदन आएपछि सङ्ख्या बढी भएको क्षेत्रबाट अन्यत्र गैंडा स्थानान्तरण गर्नुपर्ने अवस्था पनि आउन सक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल सञ्चारकर्मीहरूस“गको कुराकानीमा बताएका छन् । प्राकृतिक कारणबाट मृत्यु हुने कारक तŒव पत्ता लगाएर न्यूनीकरण गरिने तयारीमा निकुञ्ज जुटिसकेको बरालले बताए ।

चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको उनले दाबी गरे । निकुञ्जको संरक्षित क्षेत्र आसपास स्थापित मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको समन्वयमा संरक्षणको उल्लेखनीय काम भएको र तस्करीमा संलग्नहरू पक्राउ परिरहेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी गराए । पर्साको ठोरी गाउ“पालिकाको क्षेत्रलगायत मकवानपुरको सुनाचुरी–मनहरी क्षेत्र साथै चितवन र नवलपरासीको निकुञ्ज प्रभावित क्षेत्रलाई मध्यवर्ती क्षेत्रको रूपमा विकास गरी सो क्षेत्रका बासिन्दाहरूसमेत संरक्षणमा जुटेका छन् ।

बितेको ६ वर्षपछि यस वर्ष पर्सा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलगायत निकुञ्जहरूमा राष्ट्रिय गैंडा गणना सम्पन्न भएको छ । सन् २०१५ पछि यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा फेला परेका छन् । सन् २०१५ मा सो सङ्ख्या ६०५ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here