प्रस, वीरगंज, ५ वैशाख/
वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले कक्षा ५ सम्मको अध्ययन बन्द गर्न निर्देशन दिएको छ ।

कोरोनाको कहर पछिल्लो चरणमा बढ्दै गएपछि आइतवार महानगरपालिकाले महानगरमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई कक्षा ५ सम्मको अध्ययन बन्द गर्न निर्देशन जारी गरेको हो । आइतवार सरोकारवालाहरूस“ग बैठक गरेर महानगरपालिकाले यसअघि वैशाख २० गतेसम्म सबै विद्यालयलाई परीक्षा सम्पन्न गर्नका लागि गरेको निर्देशन यथावत् राख्दै कक्षा ५ सम्मको अध्ययन बन्द गर्न निर्देशन दिने निर्णय भएको महाशाखाका अधिकृत हरि कुर्मीले बताए । उनले कक्षा ५ सम्मका विद्यार्थीहरूको परीक्षाफल भने आन्तरिक मूल्याड्ढनको आधारमा गर्ने निर्णय गरेको बताए । कक्षा ६ देखि ९ सम्मको परीक्षा तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । महानगरमा ९० वटा सामुदायिक र १४४ वटा संस्थागत विद्यालय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here