प्रस, सेढवा, ५ वैशाख/
चालू आर्थिक वर्षको अन्त्यतिर सरकारले यस आवको तेस्रो एवं अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरिरह“दा पर्सामा भने दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण भएको छैन ।

सामाजिक सुरक्षा भत्ता पालिकास्तरमा बैंकिङ प्रक्रियाबाट गर्न सरकारले निर्देशन दिएकोमा कतिपयले अहिलेसम्म बैंकिङ प्रक्रिया अवलम्बन नगरेका कारण पनि सामाजिक सुरक्षा भत्ता वितरणमा ढिला भएको हो । बैंकिङ प्रक्रियाका कारण पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पर्सा जिल्लाका अधिकांश पालिकाले ढिला गरी मङ्सिरदेखि वितरण शुरू गरेर फागुनसम्ममा सकाएका थिए ।

वीरगंज महानगरपालिकाले फागुनको सुरुआतमा वितरण गरेको थियो । अहिले महानगरपालिकाले पनि दोस्रो चौमासिक किस्ता वितरण गरिसकेको छैन । वीरगंज महानगरपालिका अन्तर्गत सो भत्ता पाउने सबैजनाको बैंकिङ कारोबार छ । पर्सामा सबैभन्दा पहिले पालिकामा बैंकिङ कारोबार शुरू गरेको महानगरले अहिले वार्षिकरूपमा वडा कार्यालयमा गएर नवीकरण गर्ने झन्झटबाट पनि मुक्ति दिएको छ । अनलाइन नवीकरणको लागि सामाजिक सुरक्षा भत्ता पाउनेहरूको एकैपटक तीन वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले सबै वडामा अनलाइन दर्ता किताब दिने कार्य जारी छ ।

सामाजिक सुरक्षा भत्ताबापत सरकारले कोष तथा लेखा नियन्त्रक कार्यालयमा सशर्त अनुदान रकम पठाएको हुन्छ र वितरणका लागि पालिकाहरूले निकासा गरेर तोकेको समयमा वितरण गर्न सक्छन् । तर यो शीर्षकबाट कमिशन नपाइने हु“दा सम्बन्धित पालिकाका कर्मचारीले चासो देखाउ“दैनन् भने जनप्रतिनिधिहरू पनि धेरैले किचकिच शुरू गरेपछि मात्र चासो देखाउ“छन् । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण चैत मसान्तअगावै भइसक्नुपर्ने हो । तर अहिलेसम्म हुन सकेको छैन ।

जगरनाथपुर गापा–३ का सोहनप्रसाद यादवले फागुनमा बैंकमा खाता खोलिसकेको तर अहिलेसम्म दोस्रो चौमासिकको भत्ता नपाएको बताए । उनले दैनिकजसो वडा कार्यालयमा धाउने गरेको तर अहिलेसम्म भत्ता नपाएको बताए ।
ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बैंकिङ प्रक्रिया पूरा नभएकोले वितरणमा ढिला भएको बताए । उनले बैंकिङ प्रणालीबाट मात्र सामाजिक सुरक्षा भत्ता वितरणको लागि निर्देशन आएको तर बैंकले खाता खोल्न चासो नराख्दा समस्या भएको बताए । उनले पहिलो चौमासिकको भत्ता जनप्रतिनिधिले सबैको घरदैलोमा पुगेर नगदै बुझाएको बताए । उनले सोही समयदेखि बैंकिङ कारोबारका लागि प्रयास हु“दै आएको तर अहिलेसम्म एउटा वडा मात्र सकिएको जानकारी गराए । चारवटा वडाको काम बा“की भएकाले समय लाग्न सक्ने बताए ।

जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको खातामा राख्ने तयारी अन्तिम चरणमा रहेको बताए । उनले यसै साता बैंकको खातामा रकम पठाउने र बैंकले वितरण गर्ने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here