प्रस, वीरगंज, ४ वैशाख/
पर्सा र बारामा शनिवार ४५ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन्।
नारायणी अस्पतालको पिसिआर ल्याबमा ९० जनाको स्वाब नमूना सङ्गलन गरी परीक्षण गरिएकोमा ४५ जनामा पोजिटिभ देखिएको अस्पतालका कोरोना संयोजक डा सरोजरोशन दासले बताए।
४५ जना सङ्क्रमितमा बाराका ६ जना र पर्साका ३९ जना सङ्क्रमित छन्।
सङ्क्रमित मध्ये १९ जना महिला र २६ जना पुरुष छन् र उनीहरूको उमेर ६ वर्षदेखि ८२ वर्षसम्म छ।
शनिवार सङ्क्रमित पुष्टि भएका ४५ जनाको सिटी भ्यालु १४.६ देखि ३५ सम्म छ। सङ्क्रमितमध्ये १४ जनालाई अस्पतालमा भर्ना गरिएको कोरोना संयोजक डा दासले बताए।