प्रस, परवानीपुर, २ वैशाख/
वीरगंजको नारायणी अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्युु भएको छ। वीरगंज महानगरपालिका वडा नं २ बस्ने ४२ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्युु भएको हो। २०७७ चैत २९ गते भर्ना भएकी ती महिलामा सोही दिन पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोजरोशन दासले बताए।
नारायणी अस्पतालमा उपचाररत महिलाको बिहीवार बिहान ८ः१६ मा मृत्युु भएको डा दासले बताए। यसैबीच, नारायणी अस्पतालमा अहिले बाराका २ र पर्साका ५ गरी ७ जना सङ्क्रमितको उपचार भइरहेको छ।