प्रस, वीरगंज, २ वैशाख/
प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरको छ।
बिहीवार बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनको क्रममा शहीद भएकाको परिवार, घाइते, अपाङ्ग भएकाहरूको सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठान गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकार प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले बताए।
मन्त्रालयका मन्त्री अध्यक्ष्F रहने गरी निर्देशक समितिले प्रतिष्ठान सञ्चालन गर्ने उनले बताए। समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, अFर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव तथा महिलासहित शहीद परिवारबाट दुईजना सदस्य मनोनीत गर्ने निर्देशक समितिको अध्यक्षलाई अधिकार प्रदान गरिएको छ।
प्रतिष्ठानले शहीद परिवार, घाइते, अपाङ्गहरूको लागि स्वास्थ्य, शिक्षा, रोजगार, जीवन निर्वाह भत्ता, आर्थिक उन्नति आदि सम्बन्धमा कार्ययोजना तयार गराउने, शहीद पार्क निर्माणको लागि छनोट र पीडित लक्षित सीप तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता मन्त्री यादवले बताए।
यसैबीच, आज बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको बिदा थप गर्ने निर्णय गरेको प्रदेश सरकारले आज दिएको जुडशीतल बिदासहित रामनवमी, जन्माष्टमी, छठ, विवाह पञ्चमी, महम्मद डे, ईद, बकरीद, बलिदानी दिवस, होली, जानकी नवमीमा बिदा दिने निर्णय गरेको प्रवक्ता मन्त्री यादवले बताए।