प्रस, वीरगंज, ३१ चैत/
नारायणी अस्पतालले कोरोना सङ्क्रमित बढेसँगै आइसियू, आइसोलेशन र सस्पेक्टेड शøयाको निर्माण गरेको छ।
अस्पतालका स्टोरकीपर सुशील यादवले सरकारको निर्देशनमा सघन उपचार कक्ष्Fको माथिल्लो तलामा कोरोना उपचार केन्द्र बनाइएको बताए। उनले अस्पतालको स्रोतसाधनबाट तत्काल यसअघि गण्डक र वीरगंज हेल्थकेयरमा रहेको उपकरण प्रयोग गरेर भेन्टिलेटरसहितको १० शøयाको आइसियू, १७ शøयाको आइसोलेशन र १५ शøयाको सस्पेक्टेड वार्ड निर्माण गरिएको बताए। कोरोनाको शङ्का लागेका बिरामीहरूलाई पिसिआर परीक्ष्Fण रिपोर्ट नआउन्जेल सस्पेक्टेड वार्डमा राख्ने र रिपोर्ट आएपछि सोही अनुसार उपचार गर्ने विधि अपनाइएको जानकारी गराए।
सरकारले कोभिड व्यवस्थापनको लागि अति सघन उपचार कक्ष्F बनाउन रु १ करोड ४५ लाख र औषधि खरीद तथा प्राविधिक सहयोगको लागि रु ६० लाखसमेत ३ करोड २५ लाख पठाएको स्रोतले जनाएको छ।
अस्पतालले सरकारले पठाएको रकम अनुसार टेन्डर प्रक्रियाबाट काम गराउने जनाएको छ।