प्रस, वीरगंज, ३१ चैत/
पर्सा, बारा र रौतहटका मङ्गलवार २८ जना सङ्क्रमित पुष्टि भएका छन्।
नारायणी अस्पतालको प्रयोगशालामा ७९ जनाको स्वाब परीक्षण गरिएकोमा पर्साका २५, बाराका २ र रौतहटका १ गरी २८ जना सङ्क्रमित पुष्टि भएको प्रवक्ता डा सरोजरोशन दासले बताए।
सङ्क्रमण पुष्टि भएकाहरू तीन वर्षदेखि ५९ वर्षका २० जना पुरुष र ८ जना महिला छन्। उनीहरूको सिटी भ्यालू १४.८ देखि ३२.९ सम्म छ। सङ्क्रमितमध्ये रौतहटका एकजना गढीमाई नगरपालिकाका २६ वर्षीय युवक हुन् भने बाराको जीतपुरसिमराका २९ वर्षीय पुरुष र कलैया उपमनपाका ५९ वर्षीय पुरुष छन्। बाँकी पर्साको बहुदरमाई नपाका ९ जना, छिपहरमाई गापाका एकजना र वीमनपाका विभिन्न वडाका १५ जना सङ्क्रमित छन्।