प्रस, सेढवा, २९ चैत/
पर्साका ग्रामीण क्ष्Fेत्रस्थित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सङ्ख्या अहिले पातलिएको छ।
बर्सेनि धान, गहुँ भिœयाउने क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या पातलिने गरेको छ। अहिले गहुँ कटानीको बेला छ र विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरू गहुँ कटानीमा अभिभावकलाई सघाइरहेका छन् भने केही यही अवसरमा अर्थोपार्जन गरिरहेका छन्। गहुँ कटानीको बेलामा अभिभावकहरू खेतमा हुने हुँदा घरमा खाना पकाउने, भाइबहिनीलाई हेर्ने, पशु चराउने जस्ता कार्यमा उनीहरूको संलग्नता रहने गरेको छ। यसैगरी, हार्भेस्टर प्रयोग गरेर गहुँ कटानी भएको खेतमा गहुँको बाला टिपेर केही विद्यार्थीहरू कमाउनतिर लागेका छन्। जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, धोबिनी, छिपहरमाई, सखुवाप्रसौनीलगायतका गापामा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू कमी हुनुको कारण यही भएको शिक्षकहरू बताउँछन्। गरीब, भूमिहीन अभिभावकका बालबालिकाहरू विद्यालय जान छाडेर अहिले अभिभावकहरूसँग हार्भेस्टर प्रयोग भएको खेतमा जाने र ५ देखि १० किलो गहुँ सङ्कलन गर्ने गरेको जगरनाथपुर गापा–१ निवासी हरिचन्द्र राम चमार बताउँछन्। उनले दुई हप्ताभित्र गहुँ कटानी भएर भिœयाउने हुँदा यो समयमा विद्यार्थीहरू विद्यालय जानुको सट्टा खेतमा गएर गहुँ बटुल्ने काममा संलग्न हुने गरेको बताए।
गरीब अभिभावकका बालबालिकाको अवस्था यस्तो छ भने सम्पन्नहरूमा पनि घर हेर्ने, भाइबहिनीहरूलाई खेलाउने, वस्तु चराउने कार्यका लागि बालबालिकाहरू गहुँ भिœयाउने बेलामा विद्यालय जान सकेका छैनन्। जीराभवानी गापा–२ नेरा सेढवा बिर्ताका प्रअ जीतेन्द्र गौरोले प्रावि तहका विद्यार्थीहरूमा यस प्रकारको समस्या देखिएको तर मावि तहमा यस्तो नभएको बताए। अहिले गहुँ भिœयाउने क्रममा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा बालबालिकाहरूको उपस्थिति आधा भएको शिक्षकहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here