प्रस, वीरगंज, २८ चैत/
पर्सा र बारामा गरी तीन स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा १७ जना महिलासहित २५५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
बारा जिल्ला परवानीपुर गाउँपालिका–५ बहुअरीमा भएको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ११५ जनाले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा राजेश दास, प्रद्युमन पटेल, रामजी दास, शीतल दास, नवलकिशोर गुप्ता, ओमप्रकाश महतोलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख पाण्डेले बताए।रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह राजपूतले गरेका थिए।
कार्यपालिका सदस्य सञ्जु साहको अध्यक्षतामा भएको कार्यक्रममा साहले रु ५१ हजार रक्तसञ्चार केन्द्रलाई सहयोग गरेको घोषणा गरेका थिए।
यसैगरी, वीरगंज उद्योग वाणिज्य सङ्घमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित ६० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।
कार्यक्रममा नितिन तुल्स्यान, विकास ठाकुर, बद्री कार्की, राजेश यादव, प्रदीप पटेल, मोहित गुप्ता, हिमेश साह, अमित पटेल, भूमिका थापा, सुजा थापा, सन्तोष कुमार, अरुण गिरी, रौनक अग्रवाल, रितिक अग्रवाललगायतले रक्तदान गरेका थिए।
यसैगरी, नेपाल–भारतमैत्री रेडियो स्रोता सङ्घले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक सुजित पटेलले बताए।