प्रस, वीरगंज, २७ चैत/
‘सीप सिकौं रोजगार गरौं’ नाराका साथ शुक्रवारदेखि एक महीने सिलाइकटाइ तालीम शुरू भएको छ ।
सरिता सीप कला केन्द्र, वीरगंजको आयोजना र वीरगंज महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा तालीम शुरू भएको हो ।
केन्द्रकी अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा भएको तालीमको उद्घाटन वडाध्यक्ष मनोजकुमार कलवारले गर्दै तालीममा सीप सिकेर आयआर्जन गर्न सकिने बताए । उनले आफ्नो वडामा कोही पनि बेरोजगार नहोस् भन्ने उद्देश्यले तालीम आयोजना गरेको बताए । तालीममा सहभागी महिलाहरूलाई रिङ्कुदेवी रौनियारले प्रशिक्षण दिंदै छिन् ।
तालीमको उद्घाटन समारोहमा वडासदस्य दिलमाया श्रेष्ठ, वडा अधिकृत राजीव गिरीलगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण वंशीधर गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here