प्रस, वीरगंज, चैत २६/
नेपाल पत्रकार महासङ्घ बाराको निर्वाचनमा उलटफेर भएको छ। प्रेस चौतारी र प्रेस सेन्टरको प्यानल बलियो मानिए तापनि अध्यक्ष पदमा प्रेस युनियनको महागठबन्धनका उम्मेदवार रेशम तिवारी विजयी भएका छन्।
चौतारी र सेन्टर प्यानलका गोकुल घोरसाइनेलाई ६ मतान्तरले पराजित गर्दै महागठबन्धनका रेशम तिवारी विजयी भएका हुन्। तिवारीको ६३ मत आएको छ भने घोरसाइनेको ५७ मत रहेको छ। बाराका प्रमुख निर्वाचन अधिकृत रुद्र धितालका अनुसार उपाध्यक्षमा प्रेस सेन्टरका रामबाबू मेहता ५६ मतले विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी निवेशकुमार तिमिल्सिनाले ५४ मत ल्याए।
त्यसैगरी, महिला उपाध्यक्षमा चौतारीकी लक्ष्मी पाण्डे ६८ मतले विजयी भएकी छन् भने प्रेस युनियनकी प्रियङ्का दासले ४२, सचिवमा चौतारीका अनिल गौरवले ५६ मत ल्याइ विजयी भए भने उनका प्रतिद्वन्द्वी अजयकुमार साहले ५४ मत ल्याए। सहसचिवमा सेन्टरका रञ्जन यादवले ७० मत ल्याइ विजयी भए। सोही पदका अर्का प्रतिस्पर्धी अनिलकुमार साहले ४२ मात्र ल्याए। समावेशी सहसचिवमा दुष्यन्त चौधरी ६६ मत ल्याएर विजयी भएका छन् भने युनियनका शिवशङ्कर मिश्रले ४० मत प्राप्त गरेका छन्।
त्यसैगरी, कोषाध्यक्षमा चौतारीका श्याम गुप्ताले ६१ मत ल्याइ विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अनिलकुमार गुप्ताले ४१ मत ल्याए। अन्य समावेशी सदस्यमा फैजुल्लाह आलमे ७२ मत ल्याइ विजयी भए भने युनियनका साजिर मन्सुरले ३५ मत ल्याए। त्यसैगरी, महिला सदस्यमा चौतारीकी तुलसा घिमिरेले ६१ मत ल्याइ ५० मत ल्याएकी युनियनकी सृजाकुमारी थापालाई पराजित गरेकी छन्।
खुल्ला सदस्यमा अनिल पाण्डेले ७३,रञ्जना खतिवडाले ६६, पप्पु साहले ५६, श्रीराम रेग्मीले ६६, सिकिन्द्र साहले ७० मत ल्याइ विजयी भएका छन्। केन्द्रीय परिषद् सदस्यमा चौतारी–सेन्टर प्यानलका चारजना विजयी भएका छन्। जसमा गम्भीरा सहनी ९३, प्रकाश लम्साल ७७, दिवाकर भण्डारी ७२, हरिदेव खरेल ८५ मत ल्याइ विजयी भए।
त्यसैगरी, प्रदेश परिषद् सदस्यमा पुष्पराज खतिवडा ७८, मनोजकुमार साह ८२, विदुर खड्का ८४, जिउतप्रसाद यादव ७१, सबदर अन्सारी ६१, प्रदीप गौतम ४०, नरेश गुप्ता ६२, इन्दीप कोइराला ६४ र शेखर चौधरीले ६० मत ल्याइ विजयी भएका छन्।