प्रस, सिम्रौनगढ, २४ चैत/
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत बाराको ऐतिहासिक एवं पर्यटकीयस्थल सिम्रौनगढ इशरा कङ्काली पोखरीको पर्खाल, घाट निर्माणको क्रममा पोखरीमा ऐतिहासिक धरोहरको रूपमा रहेका गढैया इँटाहरू बेवास्ताको शिकार भई नष्ट हुँदैछ।लगभग एक लाखको सङ्ख्यामा रहेका ती गढैया इँटाहरू सानाठूला गरी विभिन्न आकारमा रहेका छन्।
ती इँटाहरू घाट निर्माण गर्ने ठेकेदारका डोजरले जमीनमा पुर्दैछन् भने केही फुटेर नष्ट हुँदैछन्।
दुई दशकपूर्व माछा ठेकेदारलाई माछा मार्न अप्ठ्यारो हुँदा करीब पचास हजार ठूला इँटा डिलमा फालिदिंदा स्थानीयवासीले सबै इँटा खेतको सिमाना, कोठी भखारी, इनार, कँुवा, पर्खाल र चपाकलनिर कपडा धुनेलगायतका कामको लागि यी इँटाहरू गायब हुने सम्भावना रहेको स्थानीयवासीले बताए।