प्रस, वीरगंज, २४ चैत/
मिति २०६४/०४/२९ गते बारा जिल्ला प्रसौनी गाविस वडा नं ८ निवासी बलिराम साहलाई सोही स्थान बस्ने वीरेन्द्र महतो धानुकसमेत १० जनाले अपहरण गरेका थिए।
साहलाई अपहरण गरेपछि उनको परिवारसँग रु २० लाख फिरौती रकम माग गरिएको थियो। पछि उनी अपहरणकारीको कब्जाबाट फरार भएर ज्यान जोगाएका थिए। फिरौती रकम नदिए साहलाई भारतमा लगी बिक्री गर्ने धम्की दिएकोमा उनीहरूविरुद्ध मानव बेचबिखत तथा ओसारपोसार मुद्दा लगाइएको थियो। फरार रहेका वीरेन्द्र महतोलाई प्रहरीले सूचनाको आधारमा सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए।