प्रस, वीरगंज, २३ चैत/
वीरगंज कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा २० जना महिलासहित ७९ जनाले रक्तदान गरेका छन्।
सोमवार आयोजित रक्तदान कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक डा दीपेन्द्रकुमार चौधरी, रहबर अन्सारी, सुरेश चौधरी, रानी परवीन, विनीता साह, अन्तिमा सर्राफ, सनेन पटेल, रानी रौनियार, राजेश कुशवाहालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ।
कलेजका प्रबन्धक निर्देशक डा चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।