प्रस, वीरगंज, २१ चैत/
नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनका लागि नेपाल पे्रेस युनियन, प्रेस सङ्गठन, मधेसी पत्रकार समाज र प्रेस मञ्चबीच सहमति बनेको छ ।
सहमतिबाट रितेश त्रिपाठी अध्यक्ष र उपाध्यक्षमा राधव साह उम्मेदवार तोकिएका छन् ।यसअघि साहलाई प्रेस सङ्गठनले अध्यक्षको उम्मेदवार घोषणा गरेको थियो । साझा समझदारी भएपछि उनी उपाध्यक्षका उम्मेदवार भएका छन् । नेपाल पे्रेस युनियन, प्रेस सङ्गठन, मधेसी पत्रकार समाज र प्रेस मञ्चले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको छ ।
पत्रकार महासङ्घ पर्सा शाखाको निर्वाचनका लागि चैत २२ गते उम्मेदवारी दर्ता गर्ने मिति तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here