प्रस, वीरगंज, २० चैत/
पर्सागढी नगरपालिका–५ बहुअर्वाटोलका बासिन्दाहरूले पत्रकार सम्मेलन गरी गैरहिन्दूहरूको कारण आफूहरू मर्कामा परेको बताएका छन्।
शुक्रवार नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले आफूहरू अल्पसङ्ख्यामा रहेको कारण गैरहिन्दूहरूले आफूहरूको चाडपर्व मनाउन बन्देज लगाएको आरोप लगाए। पत्रकार सम्मेलनमा उनीहरूले आफूहरूलाई होली खेल्न नदिएको र कुटपिट गरी घाइते बनाएको आरोप लगाए।