प्रस, वीरगंज, २० चैत/
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बारा, विश्रामपुर गाउँपालिका–१ खेखरियामठको सौन्दर्यीकरणको लागि शिलान्यास गरेका छन्। मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले रु ३ करोड ३६ लाख ६ सयमा एक वर्षभित्र सौन्दर्यीकरणको काम सम्पन्न गर्ने गरी ठेक्का भएको बताए। कार्यक्रममा बाराका सांसद एकबाल मियाँ, जसपाका केन्द्रीय सदस्य सीताराम गुप्ता, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, प्रसौनी गापाका अध्यक्ष भोला गुप्ता, भौतिक मन्त्रालयका सचिव रामाधार, धनुषा सिंचाइ डिभिजन कार्यालयका प्रमुख भगवान झालगायतको सहभागिता थियो।