प्रस, वीरगंज, २० चैत/
त्रिमूर्ति शिव जयन्ती महोत्सव अन्तर्गत पर्साको कालिकामाई गाउँपालिका अन्तर्गत बिरन्चीबर्वास्थित ॐ शान्ति भवनको शुक्रवार गृहप्रवेश भएको छ।
ब्रह्माकुमारी बेली दिदीको सभापतित्व र गाउँपालिका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको प्रमुख आतिथ्यमा सो भवनको गृहप्रवेश भएको थियो।गृहप्रवेशको अवसरमा भवनको प्रा·णमा रहेको शिवध्वजारोहण गरिएको थियो। उक्त कार्यक्रममा ब्रह्माकुमार राजु घलेले राजयोगको विधिवत् अभ्यास र आध्यात्मिक ज्ञानको धारणाबाट सबै गुण र शक्तिहरूको मूल स्रोत परमात्मासँग मानसिक सम्बन्ध जोडी जीवनमा शान्ति र दिगो खुशी प्राप्त गर्न सकिने बताए।
यसैगरी, मुख्य अतिथि गापा अध्यक्ष कुशवाहाले ब्रह्माकुमारी संस्थाद्वारा विभिन्न अवसरमा दिइने चारित्रिक एवं आध्यात्मिक ज्ञानबाट मानव समाजमा निकै सकारात्मक परिवर्तन आएको र जीवनमा नैतिक एवं आध्यात्मिक शिक्षा अपरिहार्य रहेको बताए।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष पवन तिवारी, ब्रह्माकुमार गोकुल गुभाजु, ब्रह्माकुमारी सुमित्रा, ब्रह्माकुमारी तिलक माता, ब्रह्माकुमारी रामकुमारी, दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरलगायतको सहभागिता थियो।
साथै धोरेस्थित ॐ शान्ति भवनमा पनि शिव झन्डोतोलन गरी शुभकामना आदानप्रदान गरिएको थियो। ब्रह्माकुमारी बेली दिदीको सभापतित्वमा तथा प्रदेशसभा सदस्य प्रह्लाद गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले, ब्रह्माकुमारी सुमित्रा तथा ब्रह्माकुमार गोवर्धनलगायतको सहभागिता रहेको ब्रह्माकुमार गोकुल गुभाजुले जानकारी गराए।