नितेश कर्ण, वीरगंज, १९ चैत/
पर्सा जिल्लामा कोरोनाविरुद्ध तयारीहरू भइरहेको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ। स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियाले ३८६ शøयाको आइसोलेशनको तयारी गरिएको बताए।
उनले नेशनल मेडिकल कलेज कोरोना अस्पताल, नारायणी अस्पताल, कलवार धर्मशाला, गोपाल मण्डली, पोखरिया जिल्ला अस्पताल र भिखमपुर, बागेश्वरी, बगही स्वास्थ्य चौकीमा गरी ३८६ वटा आइसोलेशन तयारी गरिएको जानकारी गराए। उनले पछिल्लो चरणमा कोरोना सङ्क्रमण पुनः बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै तयारीका कार्यक्रमहरू भइरहेको बताए।
सीमासँग जोडिएका पर्सा जिल्लाका पालिकाहरूमा पूर्ववत्रूपमा हेल्पडेस्कको स्थापना गर्न सम्बन्धित पालिकालाई कोभिड–१९ सङ्कट व्यवस्थापन समितिमार्फत निर्देशन गरिएको बताए। उनले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंजको मुख्य प्रवेशद्वारमा हेल्पडेस्क स्थापना गरिएको र क्रमशः सीमासँग जोडिएका इलाकाहरूमा पनि हेल्पडेस्कको स्थापना गर्ने बताए। पर्सा जिल्लामा चैतमा २० जना सङ्क्रमित फेला परेको र तीमध्ये १८ जना होम आइसोलेशनमा रहेको र दुईजनालाई काठमाडौं रेफर गरिएको प्रमुख चौरसियाले जानकारी गराए। हालसम्म पर्सा जिल्लामा ३१ हजार १ सय ७६ जनाको पिसिआर परीक्ष्Fण गरेकोमा ३ हजार १ सय ८६ जनामा पोजेटिभ देखिएको र तीमध्ये ३ हजार १ सय २ जना डिस्चार्ज भइसकेको बताए।
पर्सा जिल्लामा कोरोनाबाट ५३ जनाको मृत्यु भएको उनले जानकारी गराए। छिमेकी भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै पर्सा जिल्लामा भारतबाट आउने व्यक्तिहरूको निगरानी बढाइएको र हेल्पडेस्कमा उनीहरूको विवरण सङ्कलन गरी नेपाल प्रवेश गर्न दिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here