कुटपीटमा महिलाको मृत्यु भएपछि चारजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिराहा, ३ भदौ/
सिराहाको अर्नमा गाउँँपालिकामा बाटोको विषयमा कुटपीट हुँदा एकजना महिलाको मृत्यु भएको छ। सो अभियोगमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत्यु हुनेमा अर्नमा गाउँँपालिका–५ कृष्णपुर बस्ने ५० वर्षीया सीतादेवी राउत रहेको प्रहरीले जनाएको छ। बाटोको विषयमा मङ्गलवार विवाद चल्दा सीतादेवीको विपक्षमा रहेका स्थानीय केही व्यक्तिले कुटपीट गरी घाइते बनाएकोमा उनको सिराहा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले दुर्ईजना महिलासहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लीलादेवी राउत र २२ वर्षीया सुलेखा राउत छन्। चारजनालाई बुधवार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस