प्रस, वीरगंज, १२ चैत/
वीरगंज–१३ स्थित तराई अस्पतालमा तोडफोड गरिएको छ।
वीरगंज–१५ ब्रह्मचोकमा दिउँसो मोटरसाइकल दुर्घटनामा घाइते २५ वर्षीय आशिष यादवको मृत्यु भएको घटनालाई लिएर आक्रोशित आफन्तजनले तोडफोड गरेको बताइएको छ।
तोडफोड गर्नेहरूले अस्पतालले उपचारमा लापरवाही गरेको आरोप लगाउँदै तोडफोड गरेका थिए। उनीहरूले घाइते यादवलाई उपचारको लागि अस्पतालमा प्रहरीले पु–याएको तर अस्पतालले रकमको कारण उपचार प्रक्रिया अगाडि नबढाउँदा घाइतेको मृत्यु भएको बताए।
घाइते यादवलाई एकजना हवल्दारले अस्पतालमा पु–याएका थिए। मृतक यादव नाम खुलिनसकेको प्रहरीले चलाएको मोटरसाइकल पछाडि बसेको र टयाङ्करको ठक्करबाट घाइते भएको बुझिन आएको छ।
घाइते प्रहरीको तराई अस्पतालमैं उपचार भइरहेको छ। मृतक यादवका परिवारले रकम लिन घर गएको तर सो अवधिसम्म पनि तराई अस्पतालमा उपचार नगरिएको आरोप लगाएका छन्। तोडफोडपछि प्रहरीले अस्पतालका दुईजनालाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here