प्रस, निजगढ, १२ चैत/
निजगढमा स्वतन्त्र युवाहरूको समूहले निजगढमा निर्माण गरिने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गर्नुपर्ने माग राख्दै –याली निकालेको छ। बिहीवार –याली निकाल्दै हाम्र्र्रै पालामा विमानस्थल बन्नुपर्छ, विमानस्थल निर्माणका विषयमा नकारात्मक कार्य गर्ने गराउने विकासविरोधी हुन्, सरकार अघि बढ, जनता साथ दिन तयार छ, विदेशी चलखेल बन्द गर जस्ता नारा लगाउँदै सडकमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए। प्रदर्शनपछि कोणसभासमेत भएको थियो।
विमानस्थल बन्ने हल्ला चलेको अढाई दशक पुगे पनि मुख्य निर्माण कार्यलाई सरकारले अघि बढाउन नसकेको भन्दै सरकारको आलोचनासमेत बढ्दै गएको छ।
निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार किल्ला घेर्ने, पसाह खोला र बकैया खोलामा तटबन्धको कार्य भइरहे पनि मुख्य समस्याका रूपमा रहेको वनक्षेत्रभित्रको टाँगियाबस्ती स्थानान्तरणमा सरकारले अझै पनि ठोस निर्णय गरेको छैन।विमानस्थल निर्माणका लागि चाहिने कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणको लागि १९ सय हेक्टर अर्थात् २ हजार ८५० बिघा वनक्षेत्रमा नम्बरिङ, ट्यागिङ कार्य शुरू गरे पनि अहिले रोकिएको छ। जस अनुसार दुईवटा प्लाटिङमा गरि ५७ हजार ३५० मा नम्बरिङ, ट्यागिङ कार्य गरिसकेको डिभिवन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए।
सरकारले चाहेमा विमानस्थल निर्माण गर्न खासै कुनै समस्या नभएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षधरहरूले बताए पनि विमानस्थलको मुख्य काम राजनीतिक कारणले नै अघि बढ्न नसकेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here