प्रस, परवानीपुर, ७ चैत/
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस र रोटरी क्लब अफ वीरगंजको संयुक्त आयोजनामा एक दिने फेलोसिप क्रिकेट खेल सम्पन्न भएको छ। वीरगंज–२४ रामगढवस्थित ज्ञानदा एकेडेमीको खेलकूद मैदानमा बिहान ८ बजेदेखि ११ बजेसम्म १५ ओभरको खेल खेलाइएको थियो। जसमा मेट्रोपोलिस टिमले रोटरी क्लब अफ वीरगंजलाई ४९ रनले पराजित गरेको थियो।
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष विनित लोहियाको कप्तानीमा एउटा टिम बनेको थियो। टिममा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस, रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र युनाइटेड वीरगंजका सदस्यहरू सहभागी थिए भने रोट्र्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष रवि पण्डितको कप्तानीमा अर्को टिम बनाइएको थियो। जसमा रोटरी क्लब अफ वीरगंज र रोट्र्याक्ट क्लब अफ वीरगंजका सदस्यहरू खेलाडी थिए। कप्तान लोहियाको टिमले टस जितेर निर्धारित १५ ओभर खेल्दै ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको पण्डितको टिमले १३ ओभर ५ बलमैं १० विकेट गुमाएर जम्मा १६८ रनमंै समेटिंदा लोहियाको टिम जितेको थियो।खेल समापनपछि उत्कृष्ट बल्लेबाज कन्हैया गुप्ता, उत्कृष्ट बलर प्रकाश कर्ण, उत्कृष्ट फिल्डर अनिल जैसवाल घोषित भएका थिए।
सानो प्रयास संस्थाद्वारा ज्ञानदा एकेडेमीमा अध्ययनरत दलित विपन्न घरपरिवारका बालबालिकालाई आर्थिक सहयोगार्थ च्यारिटी खेलको आयोजना गरिएको रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका सचिव एवं खेल संयोजक अनिल जैसवालले बताए। खेलको समयमा पङ्कजको हास्यपूर्ण कमेन्टेरीले दर्शक तथा खेलाडीलाई पेट मिचिमिची हाँस्न बाध्य बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here