बलिराम शुक्ला, बिरुवागुठी, ५ चैत/
पर्सागढी नगरपालिका वडा नं ३ औरैया निवासी वर्ष २१ का सुजित थापामगरलाई प्रहरीले किर्ते जालसाजी नागरिकता बनाएको भनी बुधवार पक्राउ गरेको छ।
थापाले दुर्ई महीनाअगाडि पर्सागढी नगरपालिका–३ निवासी सन्तबहादुर थापाको नामबाट वडाको सिफारिशमा जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रतिलिपि नागरिकता निकालेका थिए। सुजित थापामगरले प्रतिलिपि नागरिकता पाउँ भनी सन्तबहादुर थापाको विवरण भरेर आफ्नो फोटो टाँसी वडा कार्यालयबाट सिफारिश लिएर प्रतिलिपि नागरिकता बनाएका थिए।
पर्सागढी नगरपालिका वडा नं ३ का अध्यक्ष उद्घवबहादुर उप्रेतीले दुई महीनाअगाडि आफूलाई झुक्याइ प्रतिलिपि नागरिकता सिफारिश गराएको र अहिले अरूको विवरण भरेर सुजित थापामगरले आफ्नो फोटो टाँसी नागरिकता निकालेको सूचना थाहा भएपछि नागरिकतासहित थापालाई पक्राउ गर्न लगाइएको बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायाब निरीक्षक ओमप्रकाश खनालका अनुसार सुजित थापामगरले अरूको विवरण भरेर आप््mनो फोटो टाँसी नागरिकताको प्रतिलिपि निकालेको सूचनाको आधारमा थापालाई निजको घरबाट पक्राउ गरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए।