प्रस, वीरगंज, २ भदौ/
पर्सा/बारामा सोमवार १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नारायणी प्रयोगशालामा पिसिआर परीक्षणको लागि केमिकल अभाव भएपछि सङ्कलित स्वाब काठमाडौंमा पठाइएको र सोको रिपोर्ट अनुसार ३३ महिलासहित १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि भएकाहरूमा बाराका कलैया उपमहानगर, सिम्रौनगढ नगरपालिका, प्रसौनी गाउँपालिका र पिलुवाका गरी १४ जना सङ्क्रमित छन्। यसैगरी, पर्सा जिल्लाका वीरगंज महानगर, बहुदरमाई नगरपालिकामा कन्ट्याक्ट टे«सिङ र सङ्क्रमितहरूको १० दिनपछि लिइएको स्वाब नमूनाको रिपोर्टमा सङ्क्रमण देखिएका हुन्। बहुदरमाई नगरपालिकामा मात्र २४ जना सङ्क्रमित पुष्टि भएका छन्। वीरगंज महानगरको त्रिजुद्ध माविमा स्वाब नमूना दिएका ११ जना र श्रीपुर माविमा ५७ जना सङ्क्रमित पुष्टि भएका छन्। सङ्क्रमित पुष्टि हुनेमा एकजना चिकित्सक र एकजना सञ्चारकर्मी पनि छन्।
यसैगरी, सङ्क्रमित व्यक्तिहरूको कन्ट्याक्ट टे«सिङमा परेका र स्वयम् सङ्क्रमितहरूको रिपोर्ट पनि पोजेटिभ आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here