प्रस, कलैया, २५ फागुन/
बारा, कलैया उपमहानगर–३ स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको तयारी शुरू भएको छ। अनुष्ठान एवं मेला व्यवस्थापनको लागि विभिन्न उपसमिति गठन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामाश्रेय साहको संयोजकत्वमा तीन सदस्यीय अतिथि सत्कार
उपसमिति, जीतेन्द्र तिवारीको संयोजकत्वमा पाठपूजा व्यवस्थापन, भदई राम महरा चमारको संयोजकत्वमा मेला व्यवस्थापन, सङ्गीता तिवारीको संयोजकत्वमा प्रसाद वितरण तथा भान्सा व्यवस्थापन र सीताराम साहको संयोजकत्वमा सरसफाइ उपसमिति गठन गरिएको छ। धार्मिक अनुष्ठानको आचार्यमा विद्यालयका प्रधानाध्यापक ज्योतिष पण्डित छविरमण सुवेदी, सहआचार्य शिक्षक शान्तिराम मिश्र, व्यवस्थापकमा शिक्षक महेश्वर भण्डारी एवं निरीक्षकमा सहायक प्रअ राजकुमार प्रसाद रहेका छन्।
महाशिवरात्रिको अवसरमा सिद्धेश्वरनाथ महादेव मन्दिरमा २४ घण्टे अखण्ड रुद्राभिषेक, हवन, आठ प्रहरको विशेष शिवपूजन, शप्तसती पाठ आदि धार्मिक कार्यक्रम आयोजना गरिने प्रअ सुवेदीले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here